११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


गीतकार योगेन्द्रमणि दाहाल पक्राउ


0
Shares

काठमाडौं, कात्तिक ३ । गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् ।

उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले मंगलबार बालुवाटारबाट पक्राउ गरेको हो ।

उनलाई उनी कार्यरत् संस्था नेपाल बिटुमिन एन्ड ब्यारेल लिमिटेडको रु १२ करोड ३५ लाख हिनामिना गरेको आरोप लागेकाले पक्राउ गरिएको ललितपुरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताए ।

कम्पनीबाट परेको उजुरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

गीतकार दाहाल वि.सं. २०४६ देखि अमलेखगन्जमा रहेको उक्त अलकत्रा कम्पनीको लेखा अधिकृतकारुपमा कार्यरत् थिए ।

त्यहाँ रहँदा रकम हिनामिना भएको सूचना पाएपछि कम्पनीले उनीमाथि छानबिन अघि बढाएको थियो र दसैंअघि प्रहरीमा उजुरी गरेको थियो ।

गीतकार दाहाल दुईपटक गीतकार संघको अध्यक्ष भइसकेका छन् । उनका ‘अक्षर’, ‘प्लेयर’, ‘स्मृति’, ‘यात्रा’, ‘यात्रा–२’लगायत गीतिसंग्रह प्रकाशित भएका छन् । रासस