११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


स्पेन पठाउने भन्दै ठगी गर्ने पक्राउ


0
Shares

काठमाडौं, कात्तिक ३ । रोजगारीका लागि स्पेन पठाउने भन्दै ठगी गर्ने तनहुँ सतिस्वाँरा गाविस घर भइ कीर्तिपुर बस्ने विक्रमसिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

थापाले आफ्नो नागरिकतामा भरत नामको ठाउँमा विक्रमसिंह भन्ने व्यहोरा बनाइ फोटोकपी गरी उनले आफूलाई विक्रमसिंह ठकुरीको नामले चिनाउने गरेको प्रारम्भिक अनुसन्धानकोक्रममा खुलेको प्रहरीले जनाएको छ ।

कानुनी कारबाहीबाट बच्ने उद्देश्य राखी विक्रमसिंहकै नाममा पीडितलाई वैदेशिक रोजगारीमा पठाउने कागजसमेत गरेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले थापालाई गत सोमबार कीर्तिपुरबाट पक्राउ गरीे आवश्यक अनुसन्धान कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडौं पठाएको छ । रासस