
काठमाडौं, कात्तिक ३ । चीनले हालै प्रक्षेपण गरेको दुई यात्रीसहितको यान अन्तरिक्षमा पुगेको छ ।
सेन्जु–११ नामको सो यान चीनले गोबी रेगिस्तानबाट केही दिन अघि प्रक्षेपण गरेकोमा सफलतापूर्वक अन्तरिक्षमा पुगेको हो ।
अन्तरिक्षमा पुगेसँगै दुई अन्तरिक्ष यात्रीले आगामी ३० दिनसम्म त्यहाँ रही चन्द्रमा र मंगल ग्रहमा मानव जीवनको सम्भावनाबारे अध्ययन अनुसन्धान गर्ने चिनियां समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सो यान हाल पृथ्वीभन्दा ३ सय ९३ किलोमिटरमाथि रहेको छ । यानमा अन्तरिक्ष यात्रीद्वय ४९ वर्षिय जिंग हेपेंग र ३७ वर्षका चेन डांग छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्