१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


कारागारमा झडप, २५ कैदीबन्दीको मृत्यु


0
Shares

ब्राजिल, कार्तिक १ । ब्राजिलको एक कारागारमा भएको झडपमा २५ जना कैदीबन्दी मारिएका छन् । घटनामा थुप्रै कैदी घाइते भएका छन् ।

ब्राजिलको बोया भिस्टामा रहेको कारागारमा एक सेक्सनका कैदी बन्दीले अर्को सेक्सन तोडफोड गर्ने क्रममा झडप शुरु भएको हो ।

चक्कु र लाठी प्रहारबाट उनीहरुको मृत्यु भएको बताइएको छ । बाहिरबाट आएका मानिससँग भेटघाट गर्ने समयमा कैदीबन्दीबीच झडप भएको हो ।

त्यस क्रममा कारागारका सुरक्षाकर्मीले एक सयजना कैदीबन्दीका आफन्तलाई केही समयसम्म नियन्त्रणमा छाडेको छ ।

कारागार प्रशासनले घटना लगत्तै सुरक्षा ब्यवस्था कडा बनाएर अनुसन्धान शुरु गरेको छ । ७ सय जनाको क्षमता रहेको सो कारागारमा १४ सय कैदी बन्दीलाई राखिएको थियो । (एजेन्सी)