
दैलेख, कार्तिक १ । दैलेख सदरमुकामका चोक चोकमा सिसी क्यामेरा जडान भएपछि आपराधिक घटनामा कमी आएको छ ।
जिल्ला सदरमुकाममा केही समय यता आपराधिक घटना बढेपछि स्थानीय नागरिक समाजको पहलमा जिल्ला विकास समिति, उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र केही गैर सरकारी संघ संस्थाहरुको आर्थिक सहयोगमा सिसी क्यामेरा जडान गरिएको हो ।
करिव १२ लाखको लगानीमा जडान गरिएको क्यामेराको कन्ट्रोल जिल्ला प्रहरी कार्यालयमा रहेको छ । प्रत्यक्ष प्रहरीको निगरानीमा रहेको कारणले गर्दा त्यस्ता अप्रिय घटना हुनमा कमी भएको र प्रहरीको गस्ती खटाउन समेत सहज भएको दैलेका प्रहरी उपरीक्षक केदार रजौरेले बताए ।
दशैं–तिहारमा बढी घटनाका मुद्दाहरु आउने गरेकोमा यस बर्ष त्यस्ता मुद्दासमेत नआएको प्रहरीले जनाएको छ । सिसी क्यामेरा सदरमुकाम लगायत चुप्रा, रानीभक्ता र सिमाडामा समेत राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्