
ढाका, असोज २९ । छिमेकी मुलुकमा आर्थिक सहयोगका माध्यमबाट आफ्नो प्रभाव बढाउँदै आएको भारतलाई चीनले ओझेलमा पारेको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको बंगलादेश भ्रमणका क्रममा चीनले बंगलादेशलाई २० अर्ब डलर बराबरको ऋण सहयोग गर्ने सम्झौता भएको छ । यसअघि भारतले गत मार्चमा बंगलादेशलाई २ अर्ब डलरको ऋण सहयोग उपलब्ध गराएको थियो ।
बंगलादेशसँग २७ बुँदे सम्झौता गर्दै चिनियाँ राष्ट्रपति जिनपिङले सम्झौताबाट चीन र बंगलादेशको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे ।
बंगलादेशको विकासमा पछिल्लो समय भारतले सहयोग गर्दै आएको छ । चीनले पनि बंगलादेशको विकासका लागि भन्दै ठूलो परिमाणमा सहयोग रकम उपलब्ध गराएको हो ।
जिनपिङ तीन दशक यता बंगलादेश भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रपति हुन् । चीनले बंगलादेशमा विभिन्न २५ आयोजनामा लगानी गर्ने भएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्