१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


राष्ट्रसंघको नयाँ महासचिव एन्टोनियोले जनवरीदेखि जिम्मेवारी सम्हाल्ने


0
Shares

न्यूयोर्क, असोज २८ । पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेरेस संयुक्त राष्ट्रसंघको नयाँ महासचिव बनेका छन् । उनले आउँदो जनवरीदेखि राष्ट्रसंघ महासचिवको जिम्मेवारी सम्हाल्ने छन् ।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा गुटेरेस नयाँ महासचिव बनेको औपचारिक घोषणा गरिएको हो ।

१० वर्षसम्म राष्ट्रसंघीय शरणार्थी नियोगको नेतृत्व सम्हालेका ६६ वर्षीय गुटेरेसले आउँदो वर्षको सुरुमा राष्ट्रसंघका वर्तमान महासचिव बान कि मुनको ठाउँ लिनेछन् ।

दुई कार्यकाल राष्ट्रसंघको नेतृत्व गरेका बानको पदावधि आउँदो जनवरीमा सकिँदैछ । (एजेन्सी)