९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


पुस्तकमा मोक्षतीत चेतनाको उच्चतम स्वरुपको ब्याख्या


13
Shares

काठमाडौं । मानब सभ्यताको बिकासक्रम देखी नै एकतर्फ भौतिक बिकास त अर्को तर्फ आध्यात्मिक चेतनाको बिकास हुँदै आएको देखिन्छ । सबैभन्दा सुरुमा मानब प्रजातीका लागी सबैभन्दा ठुलो प्राप्ती आफ्नो भोक्, प्यास तथा सम्भोग जस्ता शारिरिक सुख प्राप्त गर्न’ मा नै हुन्थ्यो ।

समय बदलिदै जांदा उसको चेतना ले गांस, बास, कपास जस्ता आवश्यकता पुरा गर्नु नै सबैभन्दा ठुलो उपलब्धी हो भन्ने ठान्न थाल्यो । लामो समय मानव चेतना त्यसमै अल्झिएर बस्यो । अब त्यसबाट माथी उक्लिएर मान्छेले आफ्नो उपस्थितिको अर्थ खोज्न थाल्यो अथवा ’शरिर’ बोधबाट अब ’म’अथवा आत्मा बोधको बाटोतर्फ आफ्नो चेतनालाई सोझ्यायो ।

हजारौं बर्ष आत्माबोधमा ब्यतित भयो । जतिबेला मानव सभ्यताकै सबैभन्दा उच्चतम चेतना आत्माबोध हो भन्नेथ्यो । अझै मानव चेतनाले खुड्किलो चड्दै जांदा आफूलाई आत्माबोधबाट परमात्मा बोध अथवा परमात्मा साक्षातसम्म पुर्‍यायो । जसलाई नै मोक्ष्,  निर्वाण, मुक्ति, अथवा ज्ञान प्राप्ती भनियो ।

अब यसभन्दा पछाडी सारा सृष्टिको भवसागर पार गरियो, अब केही बांकी छैन भनियो । बुछत्व प्राप्त भयो अथवा परमात्मा साक्षात भयो, अब मानव चेतना यहाँ भन्दा माथी छैन, यही नै अन्तिम हो भनियो । र यही उपलब्धिका आधारमा बिभिन्न दर्शन, ग्रन्थ तथा धर्म सम्प्रदाय बने । आजसम्मको सम्पूर्ण अध्यात्म, दर्शन, धर्म मोक्ष, निर्वाण, बुद्ध,  मुक्ती तथा परमात्मा प्राप्तिका लागी मानव सभ्यताको सहयोगी बने ।

जसरी मानव सभ्यताको हरेक नयाँ खुड्किलो चड्ने क्रममा नयाँ चेतनालाई बिभिन्न पात्र द्वारा उजागर गरियो । त्यसैगरी अहिले मानव सभ्यताले एउटा नयाँ खुड्किलो चडेको छ मोक्षतित मार्फत । मोक्षतित मोक्ष भन्दा उपल्लो स्थान हो । जसरी आत्मा तथा परमात्मा साक्षातलाई समयको आवश्यकता अनुरुप श्रीकृष्ण, बुद्ध, जिसस, मोहम्मद इत्यादीले उजागर गरे त्यसैगरी बिधिवत रुपमा मोक्षतितलाई अहिले उजागर गरिएको छ श्री मोक्षतित मार्फत । जसको सबै जानकारी पुस्तकमा समेटिएको छ ।

आफ्ना शिश्यहरु तथा जिज्ञाशले गरेको प्रश्नको जवाफ मार्फत श्री मोक्षतितले हालसम्मको मानव चेतनाको स्वरुप तथा त्यसको आधार दर्शाउंदै जगतलाई मोक्षतितको आवश्यकताबारे प्रकाश पारेका छन । मोक्षतित दर्शन इन्टरनेश्नल द्वारा प्रकाशित कृती ‘मोक्षतित’ मा भनिएको छ ’मोक्षतित चेतनको उदयसंगै अध्यात्म र यसका सम्पूर्ण अवयवहरुको सत्यानाश भैसकेको छ । अबको युग यही ज्योतिले चम्किने हो । मोक्ष अन्तिम लक्ष्य होईन, बरु मोक्षतितमार्फत अध्यात्म नै सकिएको छ, यसको गांठो फुकेको छ आथ्यात्मतित तर्फका लागि’ ।

मोक्षतितले आफ्नो लामो बिगत (ब्रम्हा  विश्ण’ महेश), मत्स्य, कुर्मा, वराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध) देखी मोक्षतितसम्मको यात्राको मानचित्र सहित सम्पूर्ण शास्त्र, धर्म, सम्पूर्ण अध्यात्मको स्वरुप शास्त्रतित, धर्म्तित, तथा अध्यात्मतितसम्म सआधार चित्रण गरेका छन ।

३३४ पृष्ठ लामो प्रश्नोत्तरमा जिवन जगतका अनेकौं भ्रम माथी प्रकाश पार्दै भनिएको छ ‘ब्रम्हाण्ड श्रम अन्तरक्रिया चक्रको एउटा नतिजा हो, कुनै पनि चिज नाशवान छैनन, हरेक चिजले श्रम अथवा अन्तर्कृया गरिरहेकै हुन्छन्, तर त्यसमध्य कुनै कुनै श्रमातित हुन्छन, जसले कहिल्यै पनि श्रमको चक्रमा फर्किन’ पर्दैन’ ।

मोक्षतित दर्शन इन्टरनेश्नल लाई सर्वा्धिकार प्रदान गरिएको उक्त कृतिको अन्तिममा भनिएको छ ‘तिमी दुनियांका अनि अस्थित्वका सारा सिद्दान्त, ज्ञान, ग्रन्थ, शास्त्र धर्मग्रन्थ पढेर आउ, सिकेर आउ, बोध गरेर आउ,मोक्ष भएर आउ अनि बल्ल मात्र तिमीले मोक्षतितलाई पाउंछौ । मोक्षतितलाई चिन्दछौ । मोक्षतितलाई जान्दछौ । मोक्षतित बोध गर्दछौ ।’