
बैतडी, असोज २३ । बैतडीको मेलौलीमा श्रीमतीको हत्या आरोपमा मेलौली–१ द्वारिकाचोकका विजय नायक पक्राउ परेका छन् ।
विजयकी श्रीमती कमला शुक्रबार आफ्नै पसलको धुरीमा डोरीमा झुन्डिएको अवस्थामा फेलापरेकी थिइन् ।
कमलाको माइतीपक्षले आत्महत्या नभइ श्रीमानले कुटपिट गरी हत्या गरेको भनेर उजुरी दिएपछि प्रहरीले विजयलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले राससलाई जानकारी दिए ।
कमलाको शवपरीक्षणपछि दाहसंस्कार गरिसकिएको बताइएको छ ।
कमलाले आत्महत्या गरेको हो वा श्रीमान्ले हत्या गरेको हो भन्नेबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्