१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


यमनमा हवाई आक्रमणमा १४० जना मारिए


0
Shares

काठमाडौं, असोज २३ । यमनमा साउदी अरबको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा १४० जना मारिएका छन् ।

यमनको राजधानी सानाको जनाजे क्षेत्रमा गरिएको घटनामा ५०० बढी घाइते भएका छन् ।

मारिनेमा सर्वसाधारणको संख्या अधिक छ भने केही हुथी विद्रोहीका सैन्य अधिकारी पनि छन् । आक्रमणका कारण सयौं घर ध्वस्त भएका छन् ।

यमनमा आतंक मच्चाएको हुथी विद्रोही समू्हविरुद्धको कारबाहीमा साउदी अरबको गठबन्धन सेनाले हवाई तथा स्थलमार्गबाट आक्रमण जारी राखेका छन् ।

यमनमा सन् २०१४ देखिको विद्रोहमा हालसम्म ३० लाख जनता विस्थापित भइसकेका छन् । (एजेन्सी)