
राजविराज, असोज २२ । सप्तरी बोरिया गाविसमा शनिबार शंकास्पद अवस्थामा एक महिलाको शव फेलापरेको छ ।
बोरिया गाविस–१ स्थित नहरमा नाम–ठेगाना नखुलेकी अन्दाजी २० वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
मुखको दुबैपट्टिको भागमा ढुंगा प्रहार भएको र शरीरको अरु भागमासमेत नीलडाम परेको अवस्थामा शव फेलापरेको हुँदा कसैले उनलाई हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ ।
स्वास्थ्य परीक्षणका लागि उनको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे विस्तृत अध्ययन एवं अनुसन्धान भइरहेको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । रासस
प्रतिक्रिया दिनुहोस्