६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


यस्ता छन् स्वास्थ्यमन्त्री गगन थापाका ‘योजना’


0
Shares

काठमाडौं, असोज २० । स्वास्थ्यमन्त्री गगन थापाले मेडिकल क्षेत्रको सुधार गर्न ११ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्रालयमा विहीबार भएको पत्रकार सम्मेलनमा मन्त्री थापाले डा. केसीले उठाएका माग जायज भएको भन्दै माग पूरा गर्न समय लाग्ने बताए ।

आफू पनि समग्र स्वास्थ्य क्षेत्रको सुधारमा लागेको भन्दै उनले ‘अबको दुई महिनाभित्र कुनैपनि अस्पतालमा औषधिको अभाव नहुने, वीर र कान्तिबाल अस्पतालमा ५२ शैयाको आइसीयु तीन महिनाभित्र तयारपार्ने र ६ महिना भित्र ४० ओटा सहरी स्वास्थ्यचौकी निर्माण र दुई सय स्वास्थ्यचौकीहरुमा ‘बर्थिङ सेन्टर’ स्थापना गराउने’ दाबी पनि गरे ।