
विनोद सिंह विष्ट
बैतडी, असार २५ । बैतडीको दोगडाकेदार गाउँपालिकामा एक बयस्क चितुवा मृत अवस्थामा फेला परेको छ ।
दोगडाकेदार गाउँपालिका–७ चडेपानी बथना भन्ने स्थान चितुवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
आइतबार बिहान ११ बजेतिर स्थानीयले चितुवालाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । ईलाका वन कार्यालय देउलेकका फरेस्टर श्रवण कुमार महतोका अनुसार ७ फिट १० ईन्च लम्बाई भएको चितुवा सडेगलेको तथा गन्हाएको अवस्थामा फेला परेको हो ।
चितुवा अन्दाजी ८ बर्षको रहेको उनले बताए । चितुवा ७÷८ दिन पहिला मरेको हुनसक्ने अनुमान गरिएको छ ।
चितुवाको शरीरमा कुनै घाउ तथा चोटपटक नरहेकोले कालगतिले नै मरेको हुनसक्ने फरेस्टर महतोले बताए । उनले भने, ‘मृत चितुवालाई परीक्षणका लागि जिल्ला पठाएका छौं, परीक्षण पश्चातमात्रै चितुवा कसरी म¥यो भन्ने थाहा हुन्छ ।’
उक्त क्षेत्रमा केही दिनयता चितुवाले आतंक मच्चाउदै आएको थियो । दोगडाकेदार गाउँपालिकामा केही दिन यता चितुवाले आधा दर्जन पशुचौपाया मारेको थियो ।
प्रतिक्रिया दिनुहोस्