
वीरगन्ज, असोज १९ । मधेस आन्दोलनका क्रममा वीरगन्जमा फुटाइएका सिसी क्यामरा पुनः जडान गरिएको छ ।
वीरगन्ज उद्योग वाणिज्य संघ, सेफर वीरगन्ज र वीरगन्जमा सञ्चालित विभिन्न वित्तीय संस्थाको आर्थिक सहयोगमा नगरभित्र अत्याधुनिक सिसी क्यामरा जडान गरिएको हो ।
वीरगन्जका मुख्य सडक खण्ड र नगरक्षेत्रको बजारमा १४ लाख रुपैयाँको लागतमा ४० वटा नयाँ क्यामरा जडान गरिएकोे वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् सेफर वीरगन्जका अभियन्ता गणेश लाठले जानकारी दिए ।
अपराध नियन्त्रणदेखि ट्राफिक व्यवस्थापनमा अत्यन्त महत्वपूर्ण मानिने सिसी क्यामरा जडान भएपछि वीरगन्जको सुरक्षा व्यवस्था थप बलियो भएको पर्साका प्रहरी उपरिक्षक डाक्टर राजुबाबु श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस्