
काठमाडौं, असोज १९ । रुसले सिरियाको टार्टसमा रहेको आफ्नो सैन्य शिविरमा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तैनाथ गरेको छ ।
सामरिक हिसाबले निकै महत्वपूर्ण सिरियाको पोर्ट अफ टार्टसमा रुसी सेनाको एयर बेस रहेको छ । सोही शिविरमा रुसले एस ३०० एयर डिफेन्स सिस्टम तैनाथ गरेको हो ।
अघिल्लो वर्ष रुसले सिरियाली विद्रोहीको अखडामा हवाई हमला सुरु गर्नुपूर्व सोही एयर बेसमा अहिलेको भन्दा पनि आधुनिक र सुविधा सम्पन्न एस ४०० एयर डिफेन्स सिस्टम तैनाथ गरेको थियो ।
रुसले पश्चिमी सिरियामा बढेको तनावलाई मध्यनजर गर्दै थप शक्ति परिचालन गरेको हो । रुसको यो कदमले पश्चिमा राष्ट्रहरुमा हलचल मच्चिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्