८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


तीन दिनका लागि एक हजार बस थपिने


0
Shares

काठमाडौं, असोज १९ । दसैंमा यात्रुको चाप हुने मुख्य तीन दिन बिहीबारदेखि शनिबारसम्म थप हजार बस थप्ने घोषणा निजी व्यवसायीले गरेका छन् ।

यात्रुको चापअनुसार यातायात व्यवसायीले बस थप्न नमानेपछि सरकारले सयवटा बस थप्ने निर्णय गरेसँगै निजी व्यवसायी तातेका हुन् ।

यात्रुको चापअनुसार दसैंमा बसको संख्या थप्न निजी क्षेत्रले राखेको माग सरकारले पुरा नगरी आफैं बस संचालन गर्ने निर्णय गरेपछि व्यवसायीले लामो दुरीमा तीन दिनमा हजार बस थप्ने घोषणा गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यात्रुको अत्यधिक चाप हुने आगामी बिहीबार, शुक्रबार र शनिबार दैनिक ३ सय ३० गाडी थपेर संचालन गर्न लागेको उल्लेख गरेको छ ।

बस थप्दा लाग्ने अतिरिक्त संचालन खर्च महासंघले व्यहोर्ने सर्तमा व्यवसायी बस थप्न तयार भएका हुन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट