
काठमाडौं, असोज १७ । मेडिकल शिक्षामा सुधारलगायतका माग राखेर ८ दिनयता नवौंपटकको आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।
त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा अनशनमा बसेका डा. केसीको मांसपेसी बाउडिने, छाति दुख्ने रिंगटा लाग्ने रक्तचाप कम हुनेलगायतका समस्या बढेको जनाइएको छ ।
मेडिकल शिक्षामा सुधार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउनुपर्ने माग उनले राखेका छन् ।
डा. गोविन्द केसीले ‘माफियाको बचाऊमा लाग्ने कसैलाई पनि उच्चओहोदामा बस्ने हक नभएको’ पनि बताए ।
प्रतिक्रिया दिनुहोस्