६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


चीनमा सुरक्षा अधिकारीका रुपमा रोबोट तैनाथ


0
Shares

बेइजिङ, असोज १७ । आधुनिक प्रविधि निर्माण र प्रयोगमा पछिल्लो समय निकै प्रगति गरेको चीनले सुरक्षा अंगका रुपमा रोबोटलाई प्रयोग गरेको छ ।

असाधारण क्षमता भएको रोबोट तयार पारेर चीनले सुरक्षा जाँचमा प्रयोग गर्न थालेको हो । यो रोबोटले विभिन्न २८ भाषा बोल्न सक्ने जनाइएको छ ।

‘एनबोट’ नाम दिइएको यो रोबोटलाई चीनको दक्षिणी प्रान्त गुआन्डोङ्गको बन्दरगाहमा कस्टम अधिकारीका रुपमा तैनाथ गरिएको छ ।

यो रोबोटले संदिग्ध व्यक्तिको अनुहार पहिचान गरी खतराको सूचना प्रवाह गर्नसक्ने बताइएको छ ।

यस्तै प्रकृतिको रोबोट शेनझेन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–३ मा पनि तैनाथ गरिएको अधिकारीहरुले जनाएका छन् । टर्मिनलमा तैनाथ रोबोटले विमान उडानसम्बन्धी जानकारीसमेत यात्रुलाई दिन सक्ने बताइएको छ ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चिनियाँ कस्टम विभागले गोंगबेई, हेंगकिन र झोंगशान बन्दरगाहमा यस्ता रोबोट प्रयोगमा आइसकेको छ । (एजेन्सी)