
काठमाडौं, असोज १७ । कोलम्बियाका जनताले सरकार र विद्रोही फार्क समूहबीच हालै गरिएको शान्ति सम्झौता अस्विकार गरिदिएका छन् ।
सरकार र विद्रोही फार्कबीच गत हप्ता सम्पन्न ऐतिहासिक शान्ति सम्झौता अनुमोदनका लागि जनमत संग्रह गरिएकामा ५० दशमलव २४ प्रतिशतको झिनो मतान्तरले दुनियांलाई नै झट्का लाग्ने फैसला मतदाताले गरिदिएका हुन् ।
यो फैसलासँगै वर्षौं र लामो प्रयासपछि गरिएको युद्धविराम सम्झौता संकटमा पर्ने भएको छ ।
राष्ट्रको जीवनकै लागि निकै महत्वपूर्ण मानिएको सरकार र विद्रोही फार्कबीच सम्पन्न शान्ति सम्झौतालाई जनमत संग्रहमार्फत मतदाताले अस्विकार गरेका हुन् ।
चार वर्ष लामो शान्ति वार्तापछि गत हप्ता मात्र राष्ट्रपति जुआन मानुअल सान्तोस र फार्क नेता तिमोलीओन जीमेनेजबीच ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर गरिएको थियो ।
तर यो सम्झौता कार्यान्वयनका लागि जनमत संग्रहबाट अनुमोदन गर्नुपर्ने व्यवस्था गरिएकाले जनताका बीचमा लग्दा असन्तुष्ट मतदाताको झिनो संख्याले अस्वीकार गरेपछि शान्ति सम्झौता नै संकटमा पर्ने हो कि भन्ने आशंका बढेको छ ।
फार्क विद्रोही राजनीतिको मूलधारमा आउन ५२ वर्ष लामो सशस्त्र हिंसा त्याग्न तयार भएको थियो ।
साँढे दुई लाखभन्दा बढी जनता मारिएको यति लामो युद्ध अन्त्य गर्दै शान्तिको मार्गमा मुलुकलाई लैजानुको अर्को विकल्प नरहेको राष्ट्रपतिले बताए पनि जनताले यसलाई अस्विकार गरिदिएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्