
काठमाडौं, असोज १७ । भक्तपुर तलेजुका लागि च्यान्टे घोडा उपलब्ध भएको छ ।
भक्तपुर, जेला निवासी कृष्णगोपाल प्याठले निजी रुपमा पालेको घोडा तलेजुको बाहनका लागि दिएका हुन् ।
गत वर्ष तलेजुको घोडा दशैंका बेला जात्रा निकाल्दा दुर्घटनामा परी मरेको थियो ।
एक वर्षको प्रयासपछि दाता प्याठले घोडा उपलब्ध गराएका हुन् । घोडालाई पूजाअर्चनाका साथ तलेजुमा राखिएको छ ।
तलेजुलाई सेतै घोडा चाहिने भएकाले उपलब्ध हुन कठिन भइरहेको थियो । –गोरखापत्र दैनिकबाट
प्रतिक्रिया दिनुहोस्