८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


परस्त्रीको कोठामा डिएसपी थुनिएको बारे छानविन हुँदै


0
Shares

काठमाडौं, असोज १७ । परस्त्रीको कोठामा दाङका एक प्रहरी अधिकृत थुनिएको घटना बाहिर आएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले छानविन समिति गठन गरेको छ ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण प्रसाई परस्त्री काण्डमा मुछिएको घटना बाहिर आएपछि अञ्चल प्रहरी कार्यालय राप्तीका वरिष्ठ प्रहरी उपरीक्षक प्रेम चन्दको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको हो ।

प्रहरी नायव महानिरीक्षक माधव नेपालको निर्देशनमा गठन गरिएको छानविन टोलीको सदस्यमा अञ्चल प्रहरी कार्यालय राप्तीका प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्की र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्याल रहेका छन् ।

छानविन टोलीले विवादमा तानिएका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाई, उनलाई ताला फोडेर बाहिर निकाल्ने प्रहरी जवान, घटनाका प्रत्यक्षदर्शी, घटनामा मुछिएकी महिला र घरमालिकसँग सोधपुछसमेत गरेको प्रहरी उच्चस्रोतले जनाएको छ । –राजधानी दैनिकबाट