५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


जोशीलाई मदन पुरस्कार, क्षेत्रीलाई जगदम्बा पुरस्कार प्रदान


0
Shares

काठमाडौं, असोज १६ । यस बर्षको मदन पुरस्कार रामलाल जोशीलाई प्रदान गरिएको छ ।

आइतबार ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेले जोशीलाई २ लाख रुपैयाँ राशीसहितको पुरस्कार प्रदान गरे ।

‘ऐना’ कथा संग्रहका लागि जोशीलाई मदन पुरस्कार प्रदान गरिएको हो ।

यस्तै यस बर्षको जगदम्बा पुरस्कार वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरियो । जगदम्बा पुरस्कारको राशी पनि दुई लाख रुपैयाँ नै रहेको छ ।

हालसम्म यी दुवै पुरस्कारबाट ६० जना साहित्यकार सम्मानित भइसकेका छन् ।