१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


इथियोपियामा भागदौड, कयौं हताहत


0
Shares

इथियोपिया, असोज १६ । इथियोपियामा धार्मिक उत्सवमा भागदौड मच्चिदा कयौं नागरिक हताहत भएका छन् ।
इथियोपियाको राजधानी अदिस अबाबाबाट ४२ किलोमिटर टाढा धार्मिक उत्सव मनाउन भेला भएकाहरुले सरकारबिरुद्ध नारा लगाउँदै प्रहरीमाथि ढुंगा र बोतल प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
ढुंगा प्रहारबाट केही सुरक्षाकर्मीहरु पनि घाइते भएका छन् । घटनामा सयौं घाइते भएका छन् ।
सोही क्रममा भागदौड मच्चिदा कयौं नागरिक मारिएको बताइएको छ । विपक्षी समूहले कम्तीमा ५० जनाको मृत्यु भएको जनाएको छ । यद्यपी मानवीय क्षतिको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
घटनापछि इथियोपियामा सुरक्षा ब्यवस्था कडा तुल्याईएको छ । (एजेन्सी)