
काठमाडौं, असोज १६ । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा बढुवा हुने टिमको समीकरण साँघुरिएको छ । च्यासल युथ क्लवको बढुवा भइसकेको अवस्थामा अब मंगलबार हुने न्यूरोड टिम एनआरटी र सातदोबाटो युथ क्लवबीचको विजेता नै ए डिभिजनमा पुग्नेछ ।
एनआरटीले आफ्नो १२ औं खेलमा आइतबार टुसाल युथ क्लवलाई ४–० ले पराजित गर्यो । यो जितसँगै एनआरटी गोल अन्तरका आधारमा तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
तर हेड टु हेडमा छिनोफानो हुने भएकाले १२ खेलबाट २२ अंकसहित तेस्रो स्थानमा रहेको सातदोबाटो र एनआरटीको खेल महत्वपूर्ण हुने भएको हो ।
यो खेलमा बराबरी गरेमात्र पनि एनआरटीको बढुवा हुनेछ भने सातदोबाटोलाई जित्नैपर्ने दबाब छ ।
च्यासल भने १२ खेलबाट २५ अंकसहित ए डिभिजनमा पुगिसकेको छ । १४ टोली सहभागी लिगको पुछारमा रहँदै सामाजिक युथ क्लव र महावीर क्लव रेलिगेशनमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्