
काठमाडौं, असोज १६ । चिकित्सकहरुले नेपालमा बे्रन ट्युमरका बिरामीको संख्या बढ्दै गए पनि उपचार भने सहज नभएको बताएका छन् ।
इन्द्रप्रस्थ एपोलो अस्पतालले आइतबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा चिकित्सकहरुले बे्रन ट्युमर पत्ता लगाउन सजिलो व्यवस्था नहुँदा धेरै बिरामीले दृष्टि शक्ति गुुमाएको बताएका हुन् ।
इन्द्रप्रस्थ एपोलो अस्पतालका चिकित्सक डा. प्रणव कुमारले टाउको दुख्ने बित्तिकै जथाभावी औषधि सेवन गर्न नहुने बताए ।
सो अवसरमा चिकित्सकहरुले ब्रेन ट्युमरका बिरामीका लागि सहज उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्