
काठमाडौं, असोज १६ । एमाले उपाध्यक्ष वामदेव गौतम शनिबार बेग्लै मुडमा देखिए । सधैं राजनीतिक भाषण र प्रशिक्षण दिने गौतमले धर्मसंस्कृतीबारे धाराप्रवाह प्रवचन दिए ।
एमाले काठमाडौं निर्बाचन क्षेत्र न. १ ले शनिबार मीनभवनमा आयोजना गरेको कार्यक्रममा प्रमुख अथितिका रुपमा सहभागी गौतमले कार्यकर्तालाई ‘तपाईहरुलाई कति चाहिएको हो राजनीतिक कुरा ?’ भन्दै हप्काएका थिए ।
भाषण सुन्दा लाग्थ्यो गौतम पुराणका कथाबाचक हुन् र श्रोताचाहीं उनकै पार्टीका कार्यकर्ता । उनले भने,‘तपाईहरुलाई कति राजनीतिक कुरा गर्नुपरेको, भेला गर्यो राजनीति, प्रशिक्षण गर्यो राजनीति ।
कमसेकम वडा दशैंका अवसरमा आयोजना गरेको शुभकामना आदनप्रदानमा त धर्मसंस्कृतीका कुरा गर्नुहोस ।
उनले दसैं हिन्दु धर्मबारे ध्यान दिएर आफ्ना कुरा सुन्न आगामी स्थानीय चुनावमा हारिन्छ कि भन्ने चिन्ता पहिले त्याग्नसमेत कार्यकर्तालाई आग्रह गरे ।
कुनै बेला गौतम पनि धर्मलाई अफिम मान्ने पार्टीका सदस्य थिए । तर उनी शंकराचार्यभन्दा कम देखिएनन् ।
अरुले मानेको धर्मलाई अफिम भन्ने कम्प्युनिष्टहरुले किन धर्मलाई अफिमसँग तुलना गर्नुपरयो ? सबैको धर्मलाई सम्मान गर्नुपर्छ गौतमको भनाई थियो ।
-अन्नपूर्ण पोष्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्