१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सामाजिक युथ क्लब रेलिगेसनमा


0
Shares

काठमाडौं, असोज १५ । सामाजिक युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ ।

१२औं खेलमा शनिबार सातदोबाटो युथ क्लबसँग २–१ ले पराजित हुँदै सामाजिक एक खेल खेल्न बाँकी छँदै रेलिगेसनमा परेको हो ।

सामाजिकको १२ खेलबाट ८ अंकमात्र छ । यसअघि, महावीर क्लब १२ खेलबाट ४ अंकसहित पुछारमा रहँदै रेलिगेसनमा परिसकेको छ ।

१४ टोली सहभागी ‘बी’ डिभिजन लिगमा दुई टोली रेलिगेसनमा पर्नेमा सामाजिक र महावीर परेका हुन् ।

उपाधि भिडन्त भने रोमान्चक हुँदैछ । उपाधिका लागि च्यासल युथ क्लब र एनआरटी प्रमुख दाबेदार मानिएका छन् ।

प्रतिस्पर्धामा रहेको श्रीकुमारी क्लबलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले निस्पक्ष छानबिनबिना दुई वर्षे प्रतिबन्ध लगाएपछि भने ‘बी’ डिभिजन लिग विवादमा परेको छ ।