५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


‘भाषा र साहित्यलाई जोगाउन गम्भीर र सचेत भएर कलम चलाउनुपर्छ’


0
Shares

काठमाडौं, असोज १५ । पछिल्लो समयमा नेपाली भाषाका विषयमा विभिन्नखाले तर्क–विर्तक चलिरहेकाबेला आमजनतामा सही सूचना प्रदान गर्ने दायित्व पत्रकारकै हुनेमा विभिन्न व्यक्तिहरुले जोड दिएका छन् ।

शनिबार काठमाडौंमा नेपाल साहित्यिक पत्रकार संघले गरेको कार्यक्रममा सहभागीहरुले नेपाल र नेपालीको सम्पत्तिकोरुपमा रहेको नेपाली भाषा र साहित्यलाई जोगाउन साहित्यिक पत्रकारहरुले गम्भीर एवं सचेत भएर कलम चलाउनुपर्ने धारणा राखेका हुन् ।

नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले देशको चौंथो अंगकोरुपमा रहेको पत्रकारिता क्षेत्र र साहित्यिक पत्रकारले पत्रकारिताको माध्यमबाट भाषा र साहित्यको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने बताए ।

यस्तै, पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले भाषा र साहित्यसँग राष्ट्रको इज्जत र प्रतिष्ठा जोडिने भन्दै यसलाई जोगाउन सन्चारकर्मीले गम्भीर ढंगले कलम चलाउनुपर्ने बताए ।

कार्यक्रममा साहित्यक पत्रकारहरुले साहित्यिक क्षेत्र महत्वपूर्ण क्षेत्र रहेको भएपनि यो अहिलेपनि ओझेलमा परेको भन्दै गुनासो गरेका थिए ।