
काठमाडौं, असोज १५ । संयुक्त राष्ट्रसंघले इराकमा विद्यालय बाहिर रहेका लाखौं बालबालिकालाई विद्यालय पुर्याउन विशेष अभियान सुरु गरेको छ ।
राष्ट्रसंघीय बालकोष युनिसेफले इराकको शिक्षा मन्त्रालयसँगको सहकार्यमा ‘ब्याक टु स्कूल’ अभियान थालेको हो ।
विद्यालय उमेरका झण्डै ३५ लाख इराकी बालबालिका विद्यालय बाहिर रहेको तथ्यांक छ । यस अन्तर्गत कम्तिमा १४ लाख बालबालिकालाई विद्यालयसम्म ल्याउन प्रयास गरिने छ ।
विद्यालयबाहिर रहेका बालबालिका चाँडै विवाह हुने, श्रम शोषणमा पर्ने तथा विभिन्न विद्रोही समूहमा भर्ना हुने खतरा छ ।
इराकका झण्डै १० लाख बालबालिका द्वन्द्वका कारण आन्तरिक रुपमा विस्थापित भएका छन् ।
त्यसमध्ये ७० प्रतिशत बालकालिका वर्षभरि विद्यालयबाट बाहिर रहन बाध्य भएको युनिसेफले जनाएको छ । पछिल्लो समय द्वन्द्व थप चर्किँदै गएकाले बालबालिका थप प्रभावित भएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्