१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


महावीर युथ क्लब रेलिगेसनमा, मध्यपुर, नयाँबस्ती र सामाजिक जोगिने प्रतिस्पर्धामा


0
Shares

काठमाडौं, असोज १४ । महावीर युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ ।

लिगको १२औं खेलमा शुक्रबार खुमलटार युथ क्लबसँग ४–२ ले पराजित हुँदै महावीर एक खेल खेल्न बाँकी छँदै पुछारमा रहँदै रेलिगेसनमा परेको हो । महावीरको ४ अंकमात्र छ ।

जितले खुमलटारले १२ खेलबाट १५ अंक बटुल्दै रेलिगेसनबाट जोगिएको छ ।

१४ टोली सहभागी प्रतियोगितामा दुई टोली ‘ए’ डिभिजनमा बढुवा हुँदा पुछारका दुई टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछन् ।

त्यस्तै, एक खेल कम खेलेको सामाजिक युथ क्लब ८ अंकसहित १३औं स्थानमा छ ।

मध्यपुर युथ एसोसिएसनले रेलिगेसन टार्ने संकेत दिएको छ । १२औं खेलमा मध्यपुरले नयाँबस्ती युथ क्लबलाई २–१ ले हरायो । योसँगै मध्यपुर १३ अंकसहित १२ औं स्थानमा कायमै छ ।

अब रेलिगेसनमा पर्ने अर्को टिम समाजिक, मध्यपुर र नयाँबस्तीमध्ये एक हुनेछ ।

११ खेलबाट २२ अंकमा रहेका च्यासल युथ क्लब र एनआरटी शीर्ष स्थानमा रहेका छन् ।