
काठमाडौं, असोज १४ । नेपाल चाइना इन्डिया समिटको अवसरमा आयोजित गल्फ प्रतियोगिताको उपाधि टासी घलेले जितेका छन् ।
इन्भेस्ट नेपाल प्राइभेट लिमिटेडको आयोजनामा गोकर्ण गल्फकोर्समा शुक्रबार भएको प्रतियोगितामा ३८ स्टेबलफोर्ड अंक स्कोर गर्दै घलेले उपाधि जितेका हुन् ।
तीन बाई चार ह्यान्डिक्याप दिएर स्टेबलफोर्ड ढाँचामा खेलाइएको प्रतियोगितामा ३७ स्कोर गरेका चण्डीका भण्डारी दोस्रो भए भने आङनोर्बु शेर्पा तेस्रो भए ।
प्रतियोगिताको ६० वर्षमाथिको उमेर समूहमा ३७ स्कोर गरेका भाइराजा पाण्डे पहिलो भए ।
प्रतियोगितामा नेपाल, चीन र भारतका ३३ जना गल्फरहरु सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्