१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


भारतको ‘आक्रमण’पछि पाकिस्तानी प्रधानमन्त्री सरिफकी छोरीले गरिन् यस्तो ट्वीट


0
Shares

काठमाडौं, असोज १४ । दक्षिण एसियाका दुई शक्तिशालीमुलक भारत र पाकिस्तानबीच यतिबेला तनाब बढ्दै गएको छ । दुई छिमेकीमुलक एक–अर्काविरुद्ध बयानबाजी र सीमामा आक्रमणमैसमेत उत्रिएका छन् ।

भारत र पाकिस्तान दुबैले सम्भावित हमलालाई मध्यनजर गर्दै आफूलाई तयारी अवस्थामा राखेको समाचारहरु भारतीय र पाकिस्तानी मिडियामा आउन थालेका छन् ।

गत सेप्टेम्बर १८ तारिखमा भारत प्रशासित कास्मिरको उडीमा भएको हमलामा परी १८ जना भारतीय सैनिक मारिएपछि दुई मुलुकबीच तनाब चर्किएको हो ।

यसैको ‘जवाफस्वरुप’ भारतले विहीबार बिहानै कास्मिरमा ‘सर्जिकल स्ट्राइक’ गर्‍यो । जसमा दुई पाकिस्तानी सैनिक मारिए ।

यद्यपि, यसलाई पाकिस्तानले भने दोहोरो भिडन्तमात्र भनेको छ र आफ्नो दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ ।

यसैक्रममा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफकी छोरी मरियम नवाज सरिफले एक ट्वीट गरेकी छन्, जुन अहिले चर्चामा छ ।

राजनीतिमासमेत सक्रिय मरियमले कास्मिरमा दोहोरो भिडन्तमा मारिएका पाकिस्तानी सैनिकको तस्वीर ट्वीट गरेकी हुन् ।

नवाज सरिफको उत्तराधिकारीकोरुपमासमेत चर्चा हुने मरियमले विहीबार उनीहरुको तस्वीर शेयर गर्दै लेखेकी छन्–‘पाकिस्तान के बेटे’ ।

यो ट्वीट अहिले पाकिस्तानसहित भारतीय मिडियामासमेत चर्चा रहेको छ । –एजेन्सीको सहयोगमा ।