
स्पेन, असोज १४ । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोको नीजि विमान दुर्घटना भएको छ ।
व्यावसायिक फुटबल क्लव रियल मड्रिडका मूख्य हस्ती मानिएका रोनाल्डोको नीजि जेट विमान बार्सिलोनामा अवतरणको क्रममा दुर्घटना भएको हो ।
समाचार एजेन्सीहरुका अनुसार दुर्घटनामा विमानका चालक सामान्य घाइते भएका छन् । अवतरणका क्रममा ‘ल्यान्डिङ गेयर’ ले काम नगरेपछि विमान अनियन्त्रित भएको बताइन्छ ।
विमान रन–वेबाट बाहिर पुगेर रोकिएको थियो । दुर्घटनाको समयमा विमानमा रोनाल्डो तथा उनको परिवार नरहेको बताइएको छ ।
विमान दुर्घटनालगत्तै विमानस्थलको रन–वे बन्द गरेर उद्धार गरिएको थियो ।
सोमबार बार्सिलोनामा विमान दुर्घटना हुँदा रोनाल्डो भने जर्मनीमा थिए । उनी च्याम्पियन्स लिग अन्तर्गतको प्रतियोगिताका लागि रियल म्याड्रिडको हिस्सा बनेर जर्मनीमा पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्