८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


अब उद्योगमा हड्ताल गर्न नपाइने


0
Shares

काठमाडौं, असोज १४ । उद्योग व्यवसायमा अबदेखि बन्द–हड्ताल गर्न कानुनी रुपमै प्रतिबन्ध लागेको छ । संसदको पूर्ण सदनबाट बिहीबार पारित ‘औद्योगिक व्यवसायसम्बन्धी ऐन’ ले यस्तो व्यवस्था गरेको हो ।

नयाँ व्यवस्थाअनुसार उद्योगको सञ्चालन तथा उत्पादनमा असर पर्ने गरी बन्द–हड्तालजस्ता काम कारवाही गर्न पाइने छैन ।

२४ वर्षपछि आएको उक्त ऐनको औद्योगिक जनशक्ति र श्रमिकको अधिकारसम्बन्धी दफामा उक्त व्यवस्था गरिएको छ ।

यसैगरी ऐनले काम नगरेको समयमा ज्याला दिनु नपर्ने व्यवस्था पनि गरेको छ । –कान्तिपुर दैनिकबाट