१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


चीनको कुनमिङनजिकैको गाउँमा १९ व्यक्तिको ‘हत्या’


0
Shares

साङघाई (चीन), असोज १३ । चीनको प्रहरीले बिहीबार १९ जनाको हत्या गरेको आशंकामा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

युनान प्रान्तको कुनमिङ सहरनजिकैको एक गाउँका २६ वर्षीय याङ क्वीनपेईले आफ्नै गाउँका १९ जनालाई बुधबार राति आक्रमण गरी हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चीनको राष्ट्रिय समाचार संस्था ‘सिन्ह्वा’ले बिहीबार बिहानै १९ जना गाउँले उनीहरुकै घरमा मृतावस्थामा फेलापरेका जनाएको थियो ।

मृतकमध्ये ११ जना पुरुष र ८ जना महिला रहेको बताइएको छ । मृतकमा तीन वर्षीया बालिकादेखि ७२ वर्षीया बृद्धा रहेका छन् ।

युनान प्रहरीले १९ जनाको मृत्यु भएको कुरा पुष्टि गरेको छ ।

यद्यपि, यसमा कुनै आतंकवादी समूहको संलग्नता रहेको नभेटिएको चिनियाँ प्रशासनले जनाएको छ । रासस/एएफपी