५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


‘नेपाली भाषाकोबारेमा गलत प्रचारबाजी भइरहेको छ’


0
Shares

काठमाडौं, असोज १३ । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषालाई सरलीकृत गर्ने उद्देश्यले केही बैकल्पिक व्यवस्था गर्न खोजिएको भएपनि यसबारे गलत प्रचारबाजी भएको भन्दै दुःख ब्यक्त गरेको छ ।

बिहीबार पत्रकार सम्मेलन गरी प्रतिष्ठानले नेपाली भाषाका कतिपय पक्षहरुमा देखिएको अन्यौल हटाउन विज्ञहरुसँग छलफल गरी अघि वढ्ने पनि स्पष्ट पारेको छ ।

पत्रकार सम्मेलनमा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भाषा विज्ञहरुसँगको छलफलबाट पछिल्लो समय नेपाली भाषाको सन्दर्भमा देखिएको अन्यौलको अन्त्य गरिने बताए ।

कुलपति उप्रेतीले विशेष गरी ‘द’सँग जोडिएको संयुक्त व्यञ्जनवर्णलाई मात्रै परिवर्तन गर्न खोजिएको भएपनि यसको बारेमा अन्यौल सृजना गर्न खोजिएको भन्दै आपत्ति जनाए ।