५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


गजल


0
Shares

मन्दिरा मधुश्री –

सुुटुक्क कसैको सपनीमा आउनुको मजै अर्काे
झझल्कोमा भुल्याइ भुल्याइ सताउनुको मजै अर्को ।

माया गहिरो छ  कि छैन जाँच्न कसी लाउनै पर्याे
नचिने झैँ कटाक्षमा तड्पाउनुको मजै अर्काे ।

आजकल त प्रेममा पनि नकाव लाग्ने गर्छ साथी
सही प्रेमी चिन्न अर्कै पच्छ्याउनुको मजै अर्काे ।

सजाउने बहानामा फूल टिपेर सुँघी फ्याँक्छन्
काँडा बनि मन मुटुमा बिझाउनुको मजै अर्काे ।

दुनियाँको दिल जित्न आफैँ पिइनु पर्दाे रैछ
प्यालामा उदाएर दिलमा अस्ताउनुको मजै अर्काे ।