१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


भिटो खारेजपछि ओबामाले भनेः ‘संसद्ले भयानक गल्ती गर्‍यो’


0
Shares

काठमाडौं असोज १३ । अमेरिकी कंग्रेसले राष्ट्रपति बराक ओबामाले लगाएको भिटो खारेज गरिदिएको छ ।

सेप्टेम्बर–११ सँग सम्बन्धित विधेयकमाथि राष्ट्रपति ओबामाले लगाएको भिटो अस्वीकृत गर्ने पक्षमा कंग्रेसले मतदान गरेको हो ।

खारेज गरिएको विधेयकमा सेप्टेम्बर ११ को ट्वीन टावर आक्रमणका पीडित परिवारले साउदी सरकारको विरुद्धमा मुद्दा दायर गर्न सक्ने अधिकार दिइएको थियो ।

ओबामाले आफ्नो भिटो खारेज गरेर संसदले खतरनाक गल्ती गरेको प्रतिक्रिया दिएका छन् । ओबामाको आठ वर्षे शासनकालमा पहिलो पटक संसदले भीटो अस्वीकृत गर्ने पक्षमा मत दिएको हो ।

खारेज गर्ने पक्षमा सीनेटका ९७ तथा कायम हुनुपर्ने पक्षमा जम्मा १ मत मात्र परेको थियो ।

जबकी अमेरिकी संसदको तल्लो सदनमा पनि ओबामाको विपक्षमा ३४८ तथा पक्षमा ७७ मात्र मत परेको थियो ।

आतंकवादलाई प्रश्रय दिनेविरुद्धको न्याय अधिनियम जास्टा नाम दिइएको यस विधेयकको विपक्षमा ओबामा प्रशासनले ठूलो मिहिनेत गरेको थियो ।

यो कानून लागू गरिए अमेरिकी राष्ट्रिय हितमा निकै ठूलो नोक्सान हुने भन्दै ओबामाले दुबै सदनलाई पत्र ने लेखेका थिए ।

यसै कानूनका कारण अमेरिकी सुरक्षा बल र विदेशमा काम गरिरहेका अमेरिकी पनि कानूनी दायरामा पर्नसक्ने चिन्ता ओबामाको छ ।

विधेयक पारित गर्ने यस निर्णयले राष्ट्रपतिको सम्प्रभुताको अवधारणको पनि अन्त्य भएको टिप्पणी गरे । (एजेन्सी)