
काठमाडौं, असोज १२ । च्याम्पियन्स लिग फुटबलमा बुधबार (आज) राति ८ खेल हुँदैछन् ।
समूह ‘ए’का खेलमा इंग्लिस क्लब आर्सनल र स्वीस क्लब बाजल तथा बुल्गेरियन क्लब लुदोगोरेट्स राज्गार्ड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन भिड्दैछन् ।
त्यस्तै समूह ‘बी’का खेलमा तुर्किस क्लब बेसिक्तास र युक्रेन क्लब डाइनामो किभ आमने–सामने हुँदैछन् ।
त्यस्तै समूह ‘सी’को खेलमा जर्मन क्लब बोरुसिया र स्पेनिस क्लब बार्सिलोना तथा स्कटिस क्लब सेल्टिक र इंग्लिस क्लब म्यानचेस्टर सिटी भिड्ने कार्यक्रम छ ।
त्यस्तै समूह ‘डी’को खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिड र जर्मन क्लब बायर्न म्यूनिख तथा रसियन क्लब रुस्तोभ र डच क्लब आइन्डओभन भिड्ने कार्यक्रम छ ।
आठओटै खेल नेपाली समयअनुसार राति साढे १२ बजे सुरु हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्