१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


इजरायलका पूर्व राष्ट्रपति शिमोनको निधन


0
Shares

इजरायल, असोज १२ । इजरायलका पूर्व राष्ट्रपति शिमोन पेरेजको निधन भएको छ ।

लामो समय इजरायलको राजनीतिमा सक्रिय रहेका ९३ वर्षीय पेरेज दुई साता अघि मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना गरिएका थिए ।

अस्पतालमा उपचाररत अवस्थामै बुधबार बिहान उनको निधन भएको हो ।

उनले इजरायल र प्यालेस्टाइनबीच चर्चित ‘ओस्लो सन्धी’ गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सोही सन्धीपछि सन् १९९४ मा उनलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।

उनी सन् १९४८ मा इजरायल अस्तित्वमा आउँदा नै राजनीतिमा सक्रिय थिए । राजनीतिक जीवनमा उनी दुई पटक इजरायलको प्रधानमन्त्री बने भने एक पटक राष्ट्रपति भए । (एजेन्सी)