
काठमाडौं, असोज १२ । इराकमा इस्लामिक अतिवादी समूह आइएसले गरेको शृङ्खलाबद्ध आत्मघाती बिस्फोटमा १७ जना मारिएका छन् ।
राजधानी बगदादस्थित शिया समुदायको बाहुल्यता रहेको क्षेत्रमा गराइएको बिस्फोटका कारण ५० भन्दा बढी घाइते भएका छन् ।
पहिलो बिस्फोट जेद्दा इलाकामा र अर्को बिस्फोट बाया इलाकामा गराइएको इराकी अधिकारीहरुले जनाएका छन् ।
बिस्फोटका कारण सो क्षेत्रका भवनमा क्षति पुग्नुका साथै दर्जनौं सवारीसाधन नष्ट भएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्