८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


वार्षिक एक खर्ब रुपैयाँ इन्टरनेट र फोनमै खर्चिन्छन् नेपाली


0
Shares

काठमाडौं, असोज १२ । नेपालीले दूरसञ्चार सेवा उपभोगका लागि वार्षिक एक खर्ब रुपैयाँ खर्च गर्ने गरेका छन् ।

उनीहरूले फोन गर्न तथा इन्टरनेट चलाउन यो रकम खर्च गरेका हुन् । नेपालमा दूरसञ्चार सेवा सञ्चालनरत कम्पनीले अघिल्लो आवमा सेवा बिक्रीबापत एक खर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको दूरसञ्चार प्राधिकरणको तथ्यांक छ ।

सेवाप्रदायकको सेवा बिक्रीबापतको आम्दानी नै उपभोक्ताको खर्च हो । सेवाप्रदायकको आम्दानीका आधारमा नेपालीले फोन तथा इन्टरनेट सेवा उपभोगमा करिब एक खर्ब रुपैयाँ खर्चिने देखिएको दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले बताए ।

प्राधिकरणका अनुसार आर्थिक वर्ष ०७१÷७२ मा सेवा सञ्चालनरत ४१ कम्पनीले कुल ९९ अर्ब दुई करोड ५५ लाख रुपैयाँ आम्दानी गरेका थिए ।

अघिल्लो आर्थिक वर्ष ०७०÷७१ मा दूरसञ्चार कम्पनीले कुल ९२ अर्ब ८८ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेका थिए । –नयाँ पत्रिका दैनिकबाट