८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


भारतको शर्त : १५ वर्ष भारतबाट इन्धन लिने ग्यारेन्टी भएमात्रै पाइपलाइन निर्माण


0
Shares

काठमाडौं, असोज १२ । पेट्रोलियम बजार विविधिकरण गर्दै चीनबाट इन्धन ल्याउने नेपालको योजनामा तगारो हाल्दै भारतले नेपाली बजारलाई आफ्नो एकाधिकारमै राख्न खोजिएको देखिएको छ ।

रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण चरणमा प्रवेश गर्ने तयारी भइरहँदा भारतले नेपाललाई १५ वर्षसम्म निरन्तर पेट्रोलियम पदार्थ ल्याउनुपर्ने शर्त अघि सारेको हो ।

भारतीय नाकाबन्दीका बेला नेपालले पेट्रोलियम बजारको विकल्प खोज्ने निर्णय गरेको थियो । तत्कालिन केपी ओली सरकारले चीनसँग पारवहन सम्झौता गर्दै त्यसका लागि बाटोसमेत खोलेको थियो ।

नेपाल आयल निगम अधिकारीसँग भारतमा सोमबार सम्पन्न बैठकमा इन्डियन आयल कर्पोरेसन (आइओसी) का अधिकारीले पाइपलाइन परियोजना अघि बढाउन आगामी १५ वर्षसम्म नेपाली बजारको सुनिश्चितता खोजेका हुन् ।

आइओसीको प्रस्तावलाई नेपाली पक्षले भने अस्वीकार गरेका छन् । –नागरिक दैनिकबाट