१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


इपीएल क्रिकेटमा जगदम्बा राइनोज्ले कान्तिपुर गोर्खाज्लाई हरायो


0
Shares

काठमाडौं, असोज ११ । एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत् मंगलबार भएको खेलमा जगदम्बा राइनोज्ले कान्तिपुर गोर्खाज्लाई पराजित गर्‍यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जगदम्बाले गोर्खाज्लाई ११ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको जगदम्बाले निर्धारित् २० ओभरमा ८ विकेट गुमाउँदै १२४ रनको योगफल तयार गर्‍यो ।

१२५ रनको विजय लक्ष्य पच्छाएको कान्तिपुर भने पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा ११३ रनमा सीमित रहन पुग्यो ।

जगदम्बाको जितमा सोमपाल कामीले सर्वाधिक ४४ रनको योगदान दिए । ३० बल खेलेका सोमपालले चार छक्काको सहायोगमा ४४ रन जोडेका हुन् ।

त्यस्तै, सुबेन्दु पाण्डेले २१, हसिम अन्सारीले १८ तथा अमित श्रेष्ठले १६ रन जोडे ।

यसैगरी, कान्तिपुरका ब्याट्सम्यान सन्दीप झोराले ४२ र अनिल शाहले २८ रन जोड्नुबाहेक अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

कान्तिपुरलाई ११३ रनमा समेट्नेक्रममा जगदम्बाका शक्ति गौचन, पवन सर्राफ तथा प्रेम तामाङले समान दुई–दुई विकेट लिए भने साह अलाम र सोमपाल कामीले समान एक–एक विकेट लिए । रासस