१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


पाकिस्तानमा हिन्दु विवाहले वैधानिकता पायो


0
Shares

काठमाडौं, असोज ११ । पाकिस्तानमा हिन्दु विवाहले वैधानिकता पाएको छ । तल्लो सदन हाउस अफ नेसनल एसेम्ब्लीले हिन्दु विवाहसम्बन्धी विधेयक पारित गरेसँगै पाकिस्तानमा हिन्दु विवाहले मान्यता पाएको हो ।

पाकिस्तानको तल्लो सदनमा यो विधेयकमाथि भएको बहस सकिएसँगै सर्वसम्मतिले पारित भएको हो । विधेयकमा विवाह गर्ने जोडीको उमेर १८ वर्ष माथि हुनुपर्ने उल्लेख छ ।

हिन्दु विधवाले पतिको मृत्यु भएको छ महिनापछि दोस्रो विवाह गर्न पाउने अधिकार पनि दिएको छ ।

विधेयक पारित भएसँगै पाकिस्तानका हिन्दु महिलाले सुरक्षित महसुस गरेका छन् । (एजेन्सी)