१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


जेफ हेन्ड्रिक र माईकल किनको गोलले बर्नले विजयी


0
Shares

काठमाडौं, असोज ११ । इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलेले वाट्फोर्डलाई पराजित गरेको छ ।

सोमबार राति भएको खेलमा घरेलु टोली बर्नले २/० ले विजयी भयो । खेलमा बर्नलेलाई विजयी गराउन जेफ हेन्ड्रिक र माईकल किनले एक–एक गोल गरे ।

यो जितसँगै बर्नले लिग तालिकाको १३ औं स्थानमा उक्लिएको छ । बर्नलेले ६ खेलबाट ७ अंक जोडेको छ ।

समान ७ अंक जोडेको वाट्फोर्ड भने तालिकाको ११ औं स्थानमा छ ।

शीर्ष स्थानको म्यानचेस्टर सिटीको १८ अंक छ भने १४ अंकका साथ टोटनह्याम हट्सर दोस्रो तथा १३ अंक जोडेको आर्सनल तेस्रो स्थानमा छ ।