१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


कोलम्बियामा ५२ वर्षदेखि चलेको गृहयुद्ध अन्त्य


0
Shares

काठमाडौं, असोज ११ । कोलम्बिया सरकार र वामपन्थी फार्क विद्रोहीबीच ऐतिहासिक शान्ति सम्झौता भएको छ ।

ऐतिहासिक शान्ति सम्झौतासँगै कोलम्बियामा ५२ वर्षदेखि चलेको गृहयुद्ध अन्त्य भएको छ ।

राष्ट्रपति जुवान म्यानुअल सान्तोष र फार्क विद्रोहीका नेता तिमोलियोन जिमेनेजले शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता हस्ताक्षर कार्यक्रममा शान्ति झल्काउन सबैले सेतो पहिरन लगाएका थिए भने गोली आकारको कलमले सम्झौतामा हस्ताक्षर गरिएको थियो ।

हस्ताक्षर कार्यक्रममा संयुक्त राष्ट्र संघका महासचिव बान की मुनसहित ल्याटिन अमेरिकी देशका नेताहरु पनि सहभागी थिए ।

शान्ति सम्झौता लागू भएपछि युरोपियन युनियनले कोलम्बियाको पुनर्निर्माणमा मद्दत गर्ने छ ।

सम्झौतालगत्तै युरोपियन युनियनले कोलम्बियाको फार्क विद्रोहीलाई चरमपन्थी संगठनको सूचीबाट हटाएको छ ।

शान्ति सम्झौताको हस्ताक्षर कार्यक्रममा फार्क विद्रोहीका नेता तिमोलियोनले सन् १९६४ मा कम्युनिस्ट पार्टीको सशस्त्र समूहको रुपमा उदाएको समूहले अब हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा लाग्ने प्रतिबद्धता जनाए ।

यो कदममा कसैले पनि शंका नराख्न पनि उनले आग्रह गरे ।

सम्झौताअनुसार फार्क समूह अब राजनीतिक पार्टीका रुपमा स्थापना हुने छ । शान्ति सम्झौतामाथि आगामी अक्टोबर २ तारिखमा जनमत संग्रह हुने छ ।

जनमतसंग्रहबाट अनुमोदन भएपछि यो कानुन बन्ने बताइएको छ ।

आधा शताब्दीभन्दा बढी समय चलेको गृहयुद्धका कारण कोलम्बियामा २ लाख ६० हजार मानिसको ज्यान गएको थियो भने ६० लाख मानिस आन्तरिक रुपमा विस्थापित भएका छन् । (एजेन्सी)