७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


दाहालले धोका दिएको ठहर गर्दै समर्थन फिर्ता लिने मोर्चाको चेतावनी


0
Shares

काठमाडौं, असोज ११ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसी मोर्चासँग गरेको सहमतिअनुसार तत्काल संविधान संशोधन प्रक्रिया अघि नबढाएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।

मोर्चाको सोमबार बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएको निष्कर्ष निकालेको छ ।

बैठकमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले दाहालले मोर्चालाई धोका दिएको आरोप लगाएका थिए । 

बैठकपछि मोर्चाका नेता रामनरेश रायले मधेस आन्दोलनका क्रममा लगाइएको झुट्टा मुद्दा फिर्ता नभएकोमा बैठकले दुःख व्यक्त गरेको बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट