
काठमाडौं, असोज ९ । लागू औषध चरेशसहित ईरानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
१ किलो ७ सय ग्राम चरेशसहित ईरानी नागरिक वाहिद निकजामिरलाई लागू औषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चेक जाँचको क्रममा वाहिदसँग रहेको सुटकेसको फल्स बटममा चरेश फेला परेको हो ।
उनी आफैं लागु औषधको अम्मली भएको र बाग्लुङमा गई आफैले गाँजा संकलन गरी चरेस बनाएको खुलेको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्