११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


युवकको कोठामा आएकी युवतीको बेहोस भएर मृत्यु, युवक हिरासतमा


0
Shares

काठमाडौं, असोज ९ । काठमाडौको शान्तिनगरमा एक युवकको कोठामा आएकी युवतीको बेहोस भएर मृत्यु भएको छ ।

प्रहरीका अनुसार ती युवतीलाई बेहोस अवस्थामा उपचारका लागि अस्पताल पठाइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिराहा लाहान घर भई धापाखेल बस्ने २३ बर्षीया अनुराधा चौधरी रहेकी छन् ।

आइतबार बिहान साढे ११ बजे बाँकेका २६ बर्षीय आशिष हमालको शान्तिनगरस्थित डेरामा बेहोस अवस्थामा फेला परेकी अनुराधाको उपचारका क्रममा निधन भएको हो ।

अनुराधालाई उपचारका लागि निजामती अस्पताल बानेश्वर पठाईएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना पश्चात् आशिष हमाललाई भने महानगरीय प्रहरी बृत बानेश्वरले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

आशिष र अनुराधाबीचको सम्बन्ध र अनुराधाको मृत्युका बारेमा प्रहरीले आशिससँग सोधपुछ गरिरहेको बताइएको छ ।